Archive for December, 2009

एन बी अन्जान र साथीहरु

Leave a comment »

गजल

                               एन.बी.अन्जान

                              रानीटार १ पाँचथर     
 
होसियार  नेपालीको स्वाभिमान बेचिएला
एकताको मूल मंत्र राष्ट्रीय गान बेचिएला
लड़ाई दाजू भाई बैरी बनाई एक आपस
हाम्रा बीर सहीदहरुको बलिदान बेचिएला
राष्ट्र र राष्ट्रीयताको खोक्रो आडम्बर भीरी
हाम्रो मान प्रतिष्ठा र पहिचान   बेचिएला
नालापानी कालापानी टनकपुर र कणाली झै
मातृ भूमि हाम्रो नेपाल जानाजान बेचिएला
साहसी र बहादुरी पुर्खाको रगतले आर्जेको
विश्व माझको गौरन्वित हाम्रो शान बेचिएला
                              हाल-दोहा कतार

Leave a comment »

कबिता/छट्पटिरहेको छु

                                               अतीत करिम

पानी बिनाको फूल जस्तै ओइलाई बसेको छु।
 तिम्रै माया पाईन्छ भनी पर्खी बसेको छु ।।
 तिम्रो लागि मैले सारा संसार धाएको छु।
 तिमीलाई भेटन पाउछु भन्दै ओराली धाएको छु।।
 जति टाढा भए पनि म तिमीलाई भेट्ने छु।
सपनीमा भए पनि मेरैसामु देखने छु।।
तिम्रो लागि जे भए पनि भोग्न म तयार छु।
 तिमीलाई नदेख्दा सारै छट्पटिरहेको छु।।

Leave a comment »

Follow

Get every new post delivered to your Inbox.