गजल
| एन.बी.अन्जान
रानीटार १ पाँचथर
होसियार नेपालीको स्वाभिमान बेचिएला
एकताको मूल मंत्र राष्ट्रीय गान बेचिएला
लड़ाई दाजू भाई बैरी बनाई एक आपस
हाम्रा बीर सहीदहरुको बलिदान बेचिएला
राष्ट्र र राष्ट्रीयताको खोक्रो आडम्बर भीरी
हाम्रो मान प्रतिष्ठा र पहिचान बेचिएला
नालापानी कालापानी टनकपुर र कणाली झै
मातृ भूमि हाम्रो नेपाल जानाजान बेचिएला
साहसी र बहादुरी पुर्खाको रगतले आर्जेको
विश्व माझको गौरन्वित हाम्रो शान बेचिएला
हाल-दोहा कतार
|
कबिता/छट्पटिरहेको छु
पानी बिनाको फूल जस्तै ओइलाई बसेको छु।
तिम्रै माया पाईन्छ भनी पर्खी बसेको छु ।।
तिम्रो लागि मैले सारा संसार धाएको छु।
तिमीलाई भेटन पाउछु भन्दै ओराली धाएको छु।।
जति टाढा भए पनि म तिमीलाई भेट्ने छु।
सपनीमा भए पनि मेरैसामु देखने छु।।
तिम्रो लागि जे भए पनि भोग्न म तयार छु।
तिमीलाई नदेख्दा सारै छट्पटिरहेको छु।।
गजल
कबिता/लाल सलाम सहिदलाई
नेपाल आमका बिर सुपुत्र छोरालाई 
बिर योद्धाको सम्मान छ तिमीलाई
स्वधिनताको शिर उच्च बनाई
आफनो ज्यानको बलि चढाई
सहिद सलाम छ तिमीलाई
तिम्रै रगतले बनेका छन खोला ,झरना र तालहरु
तिम्रै पौरखले बनेका छन् उच्च हिमालहरु
तिम्रै स्वाशप्रस्वाशमा आज मैले सास फ़ेर्न पाएको छू
तिम्रै माम्सपेशीबाट बनेका छन् खेतबारी
पूर्व मेची देखि महाकाली सम्म कोरीएका छन् रेखाकंन
सु- मधुर एकताको साइनो फैलीरहोस
झुक्ने छैन्न चन्द्र, सूर्य झण्डा नेपाल र नेपालीहरु रहे सम्म
यो हाम्रो देश बीर योद्धाहरुले बनेको छ
योगेन्द्र गिरी ,संघश ,
धुपू-१ लेब्रंग
संखुवासभा
हाल – मुलुक बाहिर
इमेल-yogendra.yogen@yahoo.com
गजल
एन बी अन्जान
गजल
फूल जस्तो जवानी त्यों झुकाएर आयौ
यौवनको प्यासी मात चुकाएर आयौ
मदहोसी मै रसपान गरी अधरको
गुलाबी ओठको प्यास सुकाएर आयौ
चर्किएको छाती भित्र बल्झिएका ब्यथा
परेलिको डिल डिल लुकाएर आयौ
अस्तित्व पात माथि भो इज्वतमा दागी
बे अर्थमा लाज सर्म फुकाएर आयौ
गजल
गजल
मखमली फूल माला नउन भो चेली
सप्तरंगी भाई टिका नचुन भो चेली
एक पछि अर्को आउने चाड पर्बमा
सगै रम्ने मन्मा इच्छा नबुन भो चेली
एकै हुन्न मानिसको बानी ब्याबहार
जाली फटाहाका कुरा नसुन भो चेली
बाद्यता भो सामन्तको जाल्ले टाढा हुन
मन भित्र क्रांति ज्वाला नथुन भो चेली
गजल
देखे पनि किन तिमी नदेखे झै गर्छेउ अचेल
टाढै बाट संकिएर आखा मात्रै तर्छेउ अचेल
साटन बाकीनै थीए माया प्रितका सौगातहरू
के को भुत चड्यो फेरी मनमा रिस भर्छेउ अचेल
जे भएनि गल्तिहरु सबै मेरै माथि थुपारेर ,
आफ्नै मुटु बिरानो पारी कतातिर सर्छेउ अचेल
तिम्रो यो डंकाले संकाको बीजारोपण गर्यो यहाँ
लत्याएर मेरो माया की अन्तै पो चर्छेउ अचेल
गजल
जवानीको जोसै त्यस्तो होसमा कहा पर्छ मान्छे
जवानीकै निर्णयमा सेरीएर ब्यर्थै मर्छ मान्छे
बैगुनिलाई गुन गर्नु दोस आखिर आफ्नै हुन्छ
पाए पछि चाल बल्ल छागिएर झर्छ मान्छे
प्रेम पनि नाना थरि हात्तीका दात जस्तै
त्यहीँ प्रेमकै नाटकमा दुनियासंग चर्छ मान्छे
कस्तो बिडम्बना यहाँ बुझी बुझी बुझ पच्छ
अन्जुलिको पानी माथि रातो रगत भर्छ मान्छे
गजल
यसपालीको दसैमा आउन पाइन आमा
रातो टिका जमरा लाउन पाइन आमा
कति थिए दू:ख सुख साटासाट गर्न बाकि
संगी सग मालसिरी गाउन पाइन आमा
सामन्तको जालो भित्र गुहार माग्दै छटपटीदा
एक थोपा पानी पनि ख्वाउन पाइन आमा
एकै छाक पारे देस म त काल कोठरिमा
कैदी भाछु मुख फोरी बाउन पाइन आमा
रानीटार १, पाँचथर
गजल
कुमारै छु श्रीमती ससुराली पनि छैन
ग्रलफेन्ड मरी जाउँ काली पनि छैन
दाइकी साली नखरमाउली जन्मै झिम्की
धरोधर्म उछिट्टिछे त्यै साली पनि छैन
कस्तो अभागी कर्म मेरो भाग्य नै फुटेको
लेख्न खोज्छु भाग्य खै ठाँउ खाली पनि छैन
दशै त हरे दशा बनेर पो आयो फेरी लौन
टिका जमरा राख्ने घरमा थाली पनि छैन
गरिब दुखिका आशु ओभाएका छैनन अझै
त्यसैले दशै मान्ने मन यसपाली पनि छैन
रानीटार -1, पाचथर
मरुभूमिबाट ‘आई लभ यु’
- एन.बी.अन्जान
मरुभूमिमा लोक दोहोरी गीति एल्बम ‘आई लभ यु’ माया नमार लिएर उभिएका छन् राजु किनारा । उनको एल्बमा २ वटा दोहोरी गीतमात्र छन् । एल्बमको साइड ‘ए’ मा आई लभ यु माया नमार…’ साइड ‘बी’ मा ‘फूलै फूल्यो वासना छरेर..’ भन्ने गीत छ । खोटाङमा जन्मे हुर्केका राजु किनाराले रोजगारीको सिलसिलामा तातो र रापिलो घाममाथि गैती र बेल्चाहरूसँग जीवन संघर्ष गर्ने क्रममा आफ्ना हरेक असफलतालाई किनार लगाउँदै प्रेमी प्रेमीकाबीच मन मुटुको कुना-कुनामा फूललाई माया गरेझंै माया नमार भन्ने आग्रहमा आफ्ना गिती एल्बमका शब्दहरू संकलन गरेका छन् । लोकदोहोरी गायक गायिका राजु परियार, दृवी घर्तीले साइड ‘ए’मा रहेको ‘माया नमार…’ गीतमा स्वर भरेका छन् भने लय स्वयं किनाराको छ । धर्ती र आकाशको सम्बन्ध, दुई मुटु एकै धड्कनजस्ता मायाका ओतपोतले भरिपूर्ण शब्दहरू रहेको साइड ‘बी’को ‘फूलै फूल्यो वासना छरेर..’ बोलको गीतमा कलाप्रमी मौलधन राईको लय छ भने स्वर गायक रामचन्द्र काÏले र गायीका आभा मुकारुङको । जलेश्वर म्युजिक एन्ड प्रोडक्सनको उत्पादन र वितरक, रामकुमार राई बजार प्रबन्धक छन् भने यस गीतको आलेख छक्क सक्रिय राईको रहेको छ । गीतको मिठास शब्दको भूमिकामा सुरिलो भाका माथि वविता राईको उद्घोषण छ । उक्त एल्बममा रहेको गीत आई लभ यु माया नमार…’मा आई लभ यु भन्ने शब्दले सुन्दा मिठास त प्रदान गरेको छ तर नेपाली लोकपन, लोकसंस्कृतिलाई भने ओझेल पारेको छ । शब्दको चयन,चाटुकारिता,गीतको अन्तरामा उच्चारण आउने एकरूपता अनि गीतको सिंगो भाव नै दोहोरी गीतका प्रमुख विशेषता हुन् । शब्दकारले यसलाई सुसुप्त रूपमा अंगीकार गरी शब्द संकलन गर्नुपर्छ । यसमा भने राजु किनारा अझै खारिनुपर्ने देखिन्छ । संम्रगमा यस एल्बमबाट भरपूर मनोरञ्जन लिन सकून् सबैको सुभेच्छा राजुकिनारा र आई लभ यु माया नमार एल्बमलाई ।
जुन खसेको रात



